Siddarth bankविज्ञापन
मुख्य समाचार

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट

काभ्रे । काभ्रे जिल्लाका स्थानीय तहमध्ये पनौती नगरपालिकाबाहेक सबैले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार पालिकाहरुले बजेट सार्वजनिक गरेका हुन् । केही पालिकाहरुले भने यसअघि नै बजेट ल्याइसकेका थिए ।

धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका छन् । पनौती नगरपालिकामा भने नगर सभा स्थगित भएको छ । स्थगित भएको नगरसभा आज बस्दै छ । मंगलबार एकै दिन जिल्लाका ९ स्थानीय तहले आर्थिक वर्ष ०८२/०८३ को लागि बजेट सार्वजनिक गरेका हुन् ।

भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजारको, पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको, मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँको, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँको, रोशी गाउँपालिकाले रोशी गाउँपालिकाको ७२ करोड ४ लाख ३७ हजारको, भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजारको, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैंयाको, खानीखोला गाउँपालिका ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैंयाको, चौंरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख ५ हजार र महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजारको बजेट ल्याएका छन ।

सबैभन्दा बढी बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजे ल्याएको छ । त्यस्तै, धुलिखेल नगरपालिकाले असार ५ गते १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको तथा नमोबुद्ध नगरपालिकाले असार ९ गते नै ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *