सोलुखुम्बु । सोलुखुम्बुमा दुई दिने प्रथम अन्तर्राष्ट्रिय रनिङ फेस्टिबल आजदेखि शुुरु भएको छ ।
विश्व शान्तिको कामना,थेक्चेन पेमाको चाहाना भन्ने मुल नाराका साथ रनिङ फेस्टिबल शुरु भएको हो । फेस्टिबलमा पहिलो दिन आज ५ किलोमिटर म्याराथन हुनेछ । जसमा सबै उमेर समूहले सहभागी जनाउन पाउनेछन् । हिमाली कला संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि आयोजा गरिएको छ ।
यस्तै, आइतबार २१ र ४२ किलोमिटरको दौड प्रतियोगिता रहने भने आइतबार नै फाइनल म्याराथन हुनेछ । जसअन्र्तगत ४२ दशमलव २ किलोमिटरको म्याराथन हुने आयोजक थेप्चेन पेमा छोलिङ गुम्बाले जनाएको छ । यस अन्र्तगत ११ दशमलव ११ किलोमिटरको सर्लेरी हेरिटेज टे«लको यात्रा समेत गरिने भएको छ ।
स्थानीय समुदायको आफ्नो मौलिक भेषभुसा,कला संस्कृति जर्गेना गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । यसले युवापुस्तामा कला संस्कृतिको पुस्तान्तरण र हिमाली भेषभुषा र संस्कृतिको संवद्धन गर्न सघाउ पुग्ने विश्वास छ ।
प्रतियोगिताको आयोजक थेप्चेन पेमा छोलिङ गुम्बा रहेको छ भने सोलखुम्बुको सोलु दुधगुण्ड नगरपालिका लगायतका संघसंस्थाले सहकार्य गरेका छन् । बोर्डकास्टिङ मिडिया पार्टनर्सको रुपमा एभिन्युज खबर रहेको छ ।