मुख्य समाचार

जेनजी आन्दोलनमा चितवनमा ९८ वटा संरचनामा आगजनी र तोडफोड

जेनजी आन्दोलनमा चितवनमा ९८ वटा संरचनामा आगजनी र तोडफोड

काठमाडौ। गत साता चितवनमा भएको जेनजी आन्दोलनका क्रममा ९८ वटा संरचनामा आगजनी र तोडफोड भएको पाइएको छ । त्यसमध्ये ७९ वटा सरकारी कार्यालयमा आक्रमण, आगजनी र तोडफोड भयो । यस्तै १६ वटा व्यापारिक प्रतिष्ठान तथा निजी घरमा समेत आगजनी र तोडफोड भएको छ । त्यसैगरी कांग्रेस, एमाले र माओबादी पार्टीका कार्यालयमा समेत आगजनी भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल जानकारी दिएका छन् । 
चितवनका आम नागरिकले अवको सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्दै तोकिएको समयमा निर्वाचन गराउनु प्रमुख दायित्व भएको प्रतिक्रिया दिएका छन् । 
सामान्य मर्मत र रंगरोगन गरेर संचालनमा आउने कार्यालयबाट सेवा शुरु गरिसकेको भन्दै स्थानीय तहहरुको कार्यालय अलि बढी क्षति भएको प्रशासनको भनाइ छ । आन्दोलनका क्रममा आगजनी गर्न गएका चितवनका एकजना र भारतीय मूलका १ जनागरी जम्मा २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *