रूपन्देही । जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको तिलोत्तमा उद्योग वाणिज्य संघको कार्यालय संचालनमा आउन सकेको छैन ।
तोडफोड आगजनिका कारण सस्थाको कार्यालय भवन, कार्यालय कोठा, सभा हल , फर्निचर पुर्ण रूपमा जलेर नष्ट भएको छ । निजी ब्यापारीक प्रतिष्ठानमा ठूलो क्षति भएका कारण आर्थिक अभावले संचालनमा आउन नसकेको हो ।
भदौ २४ गते जेन जी आन्दोलनका क्रममा क्षति पुगेको तिलोत्तमा उद्योग वाणिज्य आर्थिक अभावका कारण मर्मत सम्भार गर्न नसकेको संघले जनाएको छ ।
आगजनी जेनजीको जाममा घुसपैठ भएर अरूले नै तोडफोड र आगजनी गरेको आसंका गरिएको छ । व्यापारीक प्रतिष्ठानमा यसरी तोडफोड र आगजनी हुदा उद्योगी व्यवसायीलाई निरूत्साहित गराएको छ ।
यस्तो तोडफोड र आगजनी गरि क्षति पुर्याउनेलाई प्रहरी प्रशासनले अनुसन्धान गरि कानूनी दायरामा ल्याउन पर्ने संस्थाका पदाधिकारीहरूले माग गरेका छन् ।