मुख्य समाचार

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन् । सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् । मन्त्री महतले मौद्रिक नीतिमा ब्याजदरलाई  खुकुलो पारेको दावी गरे । उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।  उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए । 
अर्थमन्त्री महतले सय किलो सुन समातिनुमा आर्थिक वर्ष २०८०÷०८१ मा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएका कारण पक्राउ परेको दाबी गरे । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए । 
मन्त्री महतले पार्टीको केन्द्रिय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको जिकिर गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *