एजेन्सी । बेलायतको लिभरपुल फुटबल क्लबले लिग जितेको खुसियाली रयालीमा कार मानिसको भिडमा कुदाउदा पचास जना व्यक्तिहरु घाईते भएका छन ।
प्रिमियर लिग ट्रफी परेडका क्रममा एक कारले मानिसहरूको एक समूहमा घुसेर दर्जनौँ व्यक्तिलाई किचेको हो । घटनामा घाइते भएका २७ जनालाई नै अस्पताल भर्ना गरिएको छ । तिमध्ये एक बच्चासहित दुईजना गम्भीर घाइते छन ।
साना चोटहरू लागेका थप २९ जनालाई घटनास्थलमै उपचार गरिएको बताइएको छ । भीडमा कार चलाउने व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार व्यक्ति लिभरपुल क्षेत्रका बासिन्दा ५३ वर्षिय श्वेत ब्रिटिश नागरिक भएको बताइएको छ ।
घटनालाई आतंककारी घटनाको रूपमा नहेरिएको प्रहरीले जनाएको छ घटना लिभरपुल फुटबल क्लबले २०औँ प्रिमियर लिग उपाधि जितेको उपलक्ष्यमा लिभरपुल सहरमा खुला स्थानमा अयोजना गरिएको बस परेडमा सहभागी हुन आएका प्रशंसकहरूले भरिएको अवस्थामा भएको हो ।