मुख्य समाचार

फिफा महिला विश्वकपमा जापानद्वारा कोस्टारिका २–० ले पराजित

फिफा महिला विश्वकपमा जापानद्वारा कोस्टारिका २–० ले पराजित

जापान लगातार दोस्रो जित निकाल्दै फिफा महिला विश्वकप फुटबलको अन्तिम सोह्र नजिक पुगेको छ । आज भएको खेलमा कोस्टारिकालाई २–० गोल अन्तरले हराउँदै जापान प्रि क्वाटरफाइनल नजिक पुगेको हो । पहिलो खेलमा जापानले जाम्बियालाई फराकिलो अन्तरले हराएको थियो । कोस्टारिका भने पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् । अहिले यही समूहका स्पेन र जाम्बियाबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेको खेलमा विजयी भए स्पेन पनि अन्तिम सो¥ह नजिक पुग्ने छ । जाम्बिया भने पहिलो जितको खोजीमा छ । आजै साँझ पौने छ बजे समूह बीमा रहेका क्यानडा र आयरल्याण्ड आमनेसामने हुनेछन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितको खोजीमा हुने छन् । यसअघि आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले भने नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *