समाज

१५ घण्टापछि अवरुद्ध बीपी राजमार्ग संचालनमा आयो

१५ घण्टापछि अवरुद्ध बीपी राजमार्ग संचालनमा आयो

काठमाडौं । सोमबार रातिदेख अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग १५ घण्टापछि संचालनमा आएको छ । 
राजमार्गको काभ्रे स्थित माप्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि सफल हुन सकेको थिएन ।

 गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । काभ्रे प्रहरीका अनुसार अहिले डाइभर्सन बनाएर साना सवारी साधन संचालन गरिएको छ भने बिस्तारै ठूला सवारी साधन पनि संचालन हुनेछन् । 

सोमबार राति ९ बजेदेखि सो राजमार्ग अवरुद्ध भएको थियो । सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र पनि  डुबानमा परेको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *