काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ प्रधान कार्यलय अमेरिकाको जापान शाखा गठन गरिएको छ।
महासंघले प्रधान कार्यलय अमेरिकाबाट एक प्रेस विज्ञप्ती जारी गर्दै एभिन्यूज टेलिभिजनका संस्थापक पत्रकार तथा कार्यक्रम निर्माता एवं प्रस्तोता र हाल एक्स्क्लुसिभ न्यूज टाईम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको जनाएको हो ।
कार्यसमितिका अध्यक्षका रूपमा एभिन्यूज टेलिभिजनको स्थापनाकालदेखि नै कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय रहँदै हाल जापान ब्यूरो प्रमुख उत्तम प्रसाद गौंडेललाई चयन गरिएको हो । उपाध्यक्षमा जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा एक्सक्लुसिभ न्यूज टाईम अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा हेर्ने कुराका लक्ष्मण पाठक र जापान समाचार डटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का चयन भएका छन् ।