समाज

हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

हावाहुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुर बोखिमका किसान चिन्तित भएका छन् । 

हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।
 
बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । 

पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *