कृषि

धान भित्र्याउने तयारीमा रहेका किसानहरू बेमौसमी वर्षाले समस्यामा

धान भित्र्याउने तयारीमा रहेका किसानहरू बेमौसमी वर्षाले समस्यामा

लुम्बिनी। पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् ।  वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र धान उत्पादन र किसानको अर्थतन्त्रमा गम्भीर असर पु¥याएको छ । लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका  अनुसार, बेमौसमी वर्षाले प्रदेशको विभिन्न जिल्लामा करिब १५ हजार ७ सय ५५ हेक्टर क्षेत्रफल धानबालीमा  क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्रले किसानहरूलाई सकेसम्म छिटो पानी निकासको व्यवस्था मिलाउन र घाम लाग्ने वित्तिकै धानलाई राम्रोसँग सुकाएर भित्रयाउन आग्रह गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *