Siddarth bankविज्ञापन
कृषि

जुनार नपाक्दै कुहिन थालेपछि किसान चिन्तित

जुनार नपाक्दै कुहिन थालेपछि किसान चिन्तित

सिन्धुली। देशकै सवैभन्दा बढी जुनार उत्पादन हुने सिन्धुली जिल्लाका किसानहरु नपाक्दै जुनार कुहिन थालेपछि चिन्तित बनेका छन् । 
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका विभिन्न जुनार बगैचामा नपाक्दै वगैचामै जुनार कुहिएर झर्न थालेका छन् । यसवर्ष  बोटमा लटरम्म फलेका जुनारका फल टिपेर बिक्रीका लागि बजार पठाउने बेलामा दिनहु कुहिएर भुईमा झर्न थालेपछि जुनार किसानहरुले रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग अनुरोध गरेको छ । जुनारमा देखिएको समस्या समाधान गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले जुनार पकेट क्षेत्र आलेगाउ, माझकुभिण्डे र मालिङेका १५ जना कृषकका जुनार बगैंचाको स्थलगत अवलोकन गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुलीका प्रमुख याम कुमार श्रेष्ठकाअनुसार जुनारको फल कुहिएर भुईमा झेरको स्थलगत प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुन सक्ने अनुमान गरिएको छ । रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमूना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको छ । गोलञ्जोर गाउपालिका केही क्षेत्रको जुनार बगैचामा रोग देखिन थालेपनि अन्यत्र स्थानको जुनार बगैचामा भने विगतका वर्षहरुमा देखिएका रोगहरु समेत नियन्त्रण हुदै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *