समाज

रासायनिक मल नपाउँदा किसान चिन्तित

रासायनिक मल नपाउँदा किसान चिन्तित

काठमाडौं । समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । 

नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि मल अभाव देखिएको हो । कृषि सामग्री कम्पनी काभ्रेले नियमित तथा मौज्दात मल काभ्रेपलाञ्चोकमा कम आएकाले युरियामा समस्या देखिएको जनाएको छ । 

कुनै समय वार्षिक १९ हजार मेट्रिक टन मल खपत गरेको काभ्रेलाई अहिले मुस्किलले आठ हजार मेट्रिक टन जाने गरेको छ । मल वितरणका लागि समानुपातिक प्रणालीको विकास गर्ने भन्दै २०७४ साल मङ्सिर १ बाट नयाँ प्रणाली लागु भएपछि मलको समस्या शुुरु भएको हो । 

कोटा शुरु भएपछि मोरङले एक हजार एक सय मेट्रिक टन पाउँदा काभ्रेले ५४३ मेट्रिक टन मात्रै पाउने गरेको छ । काभ्रेमा अहिले ३५ हजार बोरा युरिया मल आवश्यक रहेकोमा मुस्किलले २० हजार बोरा आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *