कृषि

उखुको अनुदान कटौतिको विरोधमा किसानहरु आन्दोलित

उखुको अनुदान कटौतिको विरोधमा किसानहरु आन्दोलित

महोतरी । उखुको अनुदान कटौतिको विरोधमा किसानहरु आन्दोलित भएका छन् । किसानहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर सरकारविरुद्ध आन्दोलनको घोषण गरेका हुन् ।

प्रति क्वीन्टल ७० रुपैयाका दरले नेपाल सरकारबाट किसानले पाउँदै आएको अनुदान कटौतिको विरोधमा आन्दोलनको घोषणा गरिएको उखु उत्पादक कृषक महासंघले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय महोतरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मंगलबार चिनी उद्योग अगाडी टायर बालेर प्रदर्शन गरिने र भदौ ८ गते काठमाडौंमा प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

उखु उत्पादनमा लाग्त बढदै गएको समयमा सरकारले अनुदान कटौति गरेपछि किसान समस्यामा परेका हुन् । आर्थिक वर्ष २०८१/०८२ को उखुको अनुदान रकम प्रति क्वीन्टल ७० को दरले हुने रकम करिव १ अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारले भुक्तानी नगरेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सम्बोधन समेत नगरेपछि संघर्षका कार्यक्रम घोषण गरिएको उखु उत्पादक कृषक महासंघले जनाएको छ ।

नेपाल उखु उत्पादक महासंघको २०८२ साल श्रावण १२ गते उखु उत्पादक संघ सर्लाही हरिवनमा बसेको बैठकले उखु किसानहरुलाई उखु खेतीमा प्रोत्साहन गर्न माग गरेको थियो ।

उखुको उचित मूल्य नपाउनु, उखु खेती गर्न प्राविधिक सहयोगको अभाव भएको र उखु किसानहरुले आफ्नै बलबुतामा जसोतसो उखु खेती गरेपनि सरकारले अनुदान कटौति गरेर अन्याय गरेको किसानहरु बताउँछन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *