मुख्य समाचार

पुरुष धावकलाई समेत पछाडि पारेर रसिलाले जितिन् ५० किलोमिटरको अल्ट्रा म्याराथन

पुरुष धावकलाई समेत पछाडि पारेर रसिलाले जितिन् ५० किलोमिटरको अल्ट्रा म्याराथन

काठमाडौ। नेपालकी अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्।

आइतबार म्यानमारमा भएको ५० किलोमिटर दूरीको म्याराथनमा रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरेर  उपाधि जितेकी हुन्। सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए।
प्रतियोगितामा  पुरुष धावकहरुलाई समेत पछाडि पारेर  रसिलाले समग्रमै पहिलो स्थान हासिल गरेकी हुन् । 

महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन्। साराह सेङ तेस्रो भइन्। पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे ।
सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सिपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी थिइन् । 

यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सिप फाइनल समेत छनौट भएकी छिन्।

 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *