काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ लिएका हुन । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेबारी दिएकी छिन । कुलमान घिसिङ ऊर्जा जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेबारी दिइएको छ । त्यस्तै ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयको जिम्मेबारी पाएका छन । तिनै जनाले आजै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन । पूर्वसचिवसमेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए । उनले मन्त्रीको रुपमा तलब, भत्ता र गाडी आवास लगायतका सुबिधा नलिने घोषणा गरेका छन । कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’को कानुनी सल्लाहकार हुन । घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन ।।