समाज

जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता : नेता सिटौला

जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् । 

शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व.खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले जनताको अधिकारकानाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरुमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको महशुस गर्ने गरेको उल्लेख गरे । 

नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पारेको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्नसके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *