समाज

इम्बोस्ड नम्बर तत्काल जडान नगरेपनि कारवाही नहुने : मन्त्री दाहाल

इम्बोस्ड नम्बर तत्काल जडान नगरेपनि कारवाही नहुने : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सवारीमा इम्बोस्ड नम्बर जडान कार्यलाई असोज १ गतेबाट अनिवार्य नबनाइएको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री दाहालले असोज १ गतेबाट इम्बोस्ड नम्बर जडान नगरे कारवाही हुने भन्ने भ्रम रहेकाले तत्काल जडान नगरेपनि कारवाही नहुने स्पष्ट पारेका हुन् । 

उनले आफुलाई अनुकुल समयमा इम्बोस्ड नम्बर जडान गर्न आग्रह समेत गरेका छन् । सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेकाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको उनले बताए । 

मन्त्री दाहालले निजी वा सरकारी सवारी साधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार ५ सय ४५ छपाइ भइसकेको  र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान गरिएको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *