Siddarth bankविज्ञापन
मुख्य समाचार

रुसद्वारा ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता अन्त्य

रुसद्वारा ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता अन्त्य

रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले म्याद समाप्त भएको बताएको हो । संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको हो । रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको पनि जनाएको छ । युक्रेनलाई खाद्यान्न निकासी गर्न दिंदा रुसबाट रासायनिक मल र रुसी खाद्यान्न पनि अन्तर्राष्ट्रिय बजारमा जान पाउनुपर्ने सहमति कार्यान्वयन नभएकाले आफू पछि हट्न बाध्य भएको रुसी तर्क छ । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने रुसको भनाइ छ । रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको थप नहुने जानकारी गराएको छ । अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णयको संज्ञा दिएको छ । संयुक्त राष्ट्र संघले पनि सम्झौतालाई निरन्तरता दिन आग्रह गरेको छ । सम्झौताबाट रुस पछि हटेपछि अन्तर्राष्ट्रिय बजारमा पुनः खाद्यान्न संकट गहिरिने अनुमान गरिएको छ । गत बर्ष जुलाईमा भएको सम्झौतापछि युक्रेनले एक वर्षमा तीन करोड २० लाख टन गहुँ, मकैलगायत खाद्यान्न निकासी गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *