Siddarth bankविज्ञापन
शिक्षा

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैनन्ः प्रधानमन्त्री ओली

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले  उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे ।

सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको भन्दै ओलीले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताए । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *