Siddarth bankविज्ञापन
मुख्य समाचार

इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु

इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु

एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज समुह ए अन्तर्गत श्रीलंका ए र बंगालदेश ए तथा ओमान ए र अफगानिस्तान ए टिम खेल्दै छन् । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन । इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् । नेपालले भने आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ। जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन । यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ । इमर्जिङ टिम्स एसिया कप  आगामी जुलाई २३ सम्म चल्ने छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *