समाज

एमाले बोलायो संसदीय दलको आकस्मिक बैठक

एमाले बोलायो संसदीय दलको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ  । 

जरुरी र महत्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको हो । 

कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमान समेत गरिएको छ । तर, छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । 

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *