मुख्य समाचार

एमालेको झन्डा राखेर शैक्षिक क्यालिन्डर प्रकाशित

एमालेको झन्डा राखेर शैक्षिक क्यालिन्डर प्रकाशित

सिन्धुली । विधालयको शैक्षिक क्यालिन्डरमा एमालेको झन्डा राखेर प्रकाशित गरेको पाईएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा न ५ खनियाखर्क स्थित श्री जनता उ मा बि को शैक्षिक क्यालिन्डरमा एमालेको झन्डा राखेर प्रकाशित गरेको हो ।

कुनै सार्वजनिक सस्था वा शैक्षिक क्षेत्र भित्र  राजनीतिक दल आवद्ध कुनै पनि क्रियाकलाप नहुनुपर्ने प्राबधान छ ।  शैक्षिक  सस्था भित्र पाटिको झण्डा राखेर शैक्षिक क्यालिण्डरमा फोटो प्रकाशित गर्दा विधार्थीको पठनपाठनमा समेत प्रभाब पर्ने देखिन्छ ।

यस्ता क्रियाकलापले बाल बालिकाको भबिश्यमाथि नै प्रश्न उत्पन हुने स्थिति देखिन्छ । यस बिषयमा  स्थानिय सरकार लगायत सरोकारवाला अनुगमन गर्ने निकाय मौन रहदा बाल बच्चाको भबिष्य अन्योलमा परेको छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *