काडमाडौं । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले सरकारका नराम्रा कामहरूको आलोचना गर्दै राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले राम्रा कामहरुलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका हुन् ।
उनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरूमा सहयोग गर्दै आएको भन्दै सेजनको प्रशंसा समेत गरे ।
अर्थ मन्त्री पौडेलले अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने जिकिर समेत गरे ।