समाज

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै भन्दै तमासा देखाउँछन्

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै भन्दै तमासा देखाउँछन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरेका छन् । 

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने ओलीको  भनाइ छ ।

प्रधानमन्त्री ओलीले ज्योतिषीहरु पात्रो पल्टाएर हजुरबुबा नभए नाती त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए । ओलीले राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको पनि उल्लेख गरे ।
जेठ १५ गते राजावादीहरुले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन् । जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *