समाज

दुई पटक बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी ।  बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । 

सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम  केन्द्रबिन्दु भएर आज बिहान १ बजेर ४८ मिनेट जाँदा ५.१ र २ बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । 

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *