अन्तर्राष्ट्रिय

हमासलाई ध्वस्त नगरेसम्म आक्रमण नरोकिने इजरायली चेतावनी

हमासलाई ध्वस्त नगरेसम्म आक्रमण नरोकिने इजरायली चेतावनी

एजेन्सी । इजरायलका सैन्य प्रवक्ता अविचय आड्राईले इजरायली सेनाले गाजा शहरमा आक्रमणको प्रारम्भिक अपरेशन र प्रारम्भिक चरणहरू शुरु गरिसकेको बताएका छन् । 

आड्राईले सेनाले आफ्नो आक्रमणलाई तिब्र बनाउने र सबै वन्धकहरूलाई फिर्ता नल्याएसम्म र हमासलाई ध्वस्त नगरेसम्म आक्रमण नरोकिने बताएका हुन् । इजरायल रक्षा बलले एक विज्ञप्तिमा गाजा शहरमा दैनिक १० घण्टाको मानवीय विराम पनि रद्ध गरिएको जनाएको छ । 

अन्तर्राष्ट्रिय विरोधका बावजुद इजरायली सेनाले गाजा शहरलाई हप्तौंसम्म भारी हवाई आक्रमण र तोपखानाले घेरा हालेर शहर नियन्त्रणमा लिन अपरेशनको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *