समाज

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारका क्रममा निजको मृत्यु भएको थियो ।
 
सो घटनामा संलग्न भएको अभियोगमा रामेछाप, सुनापतीका प्रविण तामाङ, सर्लाही, बागमतीका समीर वाइबा तामाङ र अभिसेक बाइवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावतीका दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक, चौँरी देउरालीका अनुराग तामाङ पक्राउ परेका छन् । 

पक्राउ परेकाहरूको प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *