मुख्य समाचार

सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक फेरि अवरुद्ध, काली खोला नजिकै पहिरो जाँदा आवातजावत रोकियो

सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक फेरि अवरुद्ध, काली खोला नजिकै पहिरो जाँदा आवातजावत रोकियो

काठमाडौ । सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । चितवनको काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *