समाज

भरतपुर महानगरपालिकाद्वारा ७५ परिवारलाई खानेपानीको धारा वितरण

भरतपुर महानगरपालिकाद्वारा ७५ परिवारलाई खानेपानीको धारा वितरण

चितवन । चितवनको भरतपुर महानगरपालिकाले विपन्न समुदायका घरघरमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन ‘विपन्न धारा जडान कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । 

जगतपुर केरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच ७५ परिवारलाई धारा वितरण गरिन् । 

सो क्रममा उनले स्वच्छ पानी पाउनु सबैको नैसर्गिक अधिकार भएको हुँदा स्वस्छ खानेपानी विपतरण कार्यक्रम महानगरको प्राथमिकता रहेको बताइन् । 

आर्थिक अभावका कारण वर्षौंदेखि धारा जडान गर्न नसकेका परिवारहरू अहिले महानगरको ‘विपन्न धारा जडान कार्यक्रम’ कार्यक्रम मार्फत आफ्नै घरमै स्वच्छ पानी पिउन पाउने भएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *