मुख्य समाचार

इजरायल -इरान बराबरी रूपमा युद्ध रोक्न चाहेको ट्रम्पको भनाइ, युद्धविराम उल्लङ्घन गरेको भन्दै असन्तुष्टि प्रकट

इजरायल -इरान बराबरी रूपमा युद्ध रोक्न चाहेको ट्रम्पको भनाइ, युद्धविराम उल्लङ्घन गरेको भन्दै असन्तुष्टि प्रकट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले बराबरी रूपमा युद्ध रोक्न चाहेको बताएका छन् । 

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत पुनः एक पोस्ट गर्दै उनले इजरायल र इरान दुवैले बराबरी रूपमा युद्ध रोक्न चाहेको उल्लेख गरेका हुन् । परमाणु सुविधाहरू र क्षमता पूर्ण रूपमा नष्ट गर्नु र त्यसपछि युद्ध रोक्नु मेरो ठुलो गौरव भएको दाबी पनि ट्रम्पको छ । 

यसअघि ट्रम्पले दुवै देश—इजरायल र इरानलाई आफूले घोषणा गरेको युद्धविराम उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । आफूले अघिल्लो रात घोषणा गरेको युद्धविराम उल्लङ्घन गरेपछि इजरायल र इरानमाथि आक्रोश समेत उनले पोखेका छन् । हेगमा नेटो शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफू इजरायलसँग ‘खुसी नभएको’ बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले इजरायललाई इरानमाथि आक्रमण रोक्न पनि आग्रह समेत गरे ।  यसअघि ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए, जुन मंगलबारदेखि दुई देशबिच लागू भएको छ । इजरायली सेनाले इरानले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको दाबी गरेको छ । 

यद्यपि इरानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । इरानका राष्ट्रपति मसउद पेजेश्कियनले यदि इजरायलले पनि त्यसका सर्तहरूको पालना गरेमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको सम्मान गर्ने बताएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *