काठमाडौं । विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपालमा एमसीसी परियोजना पुनः सक्रिय गर्ने अमेरिकाको निर्णयविरुद्ध नेकपाले शुक्रबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाले एमसीसी देशको हित विपरित रहेपनि दवावका आधारमा ठूला दलले अघि बढाएको आरोप लगाए ।
नेकपाले नेपालमा स्थगीत भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै निरन्तर विरोध गर्ने जनाएको छ ।