समाज

कांग्रेस र एमालेको सरकारबको बिकल्प नभएको देउवाको दाबी

कांग्रेस र एमालेको सरकारबको बिकल्प नभएको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको विकल्प नभएको बताएका छन् । 

प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

सभापति देउवाले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेकोक उल्लेख गरे । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर समेत गरे ।

कार्यक्रममा  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालेसुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए । 

नेता कोइरालाले  संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने उल्लेख भएपनि अहिले गभर्नरको विषयमा संविधानलाई मिच्ने काम भएको बताए ।।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *