मुख्य समाचार

केन्द्रीय समिति बैठकमा देउवाले खुवाए गगनलाई जन्मदिन केक

केन्द्रीय समिति बैठकमा देउवाले खुवाए गगनलाई जन्मदिन केक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन्।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन्। साउन ३ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

आज बिहान ११ बजेदेखि ५ : १५ बजेसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरेका थिए । आजको बैठक सकिएलगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *