मुख्य समाचार

डेंगु नियन्त्रणका लागि भूमिका खेल्न सबैमा स्वास्थ्य विभागको आग्रह

डेंगु नियन्त्रणका लागि भूमिका खेल्न सबैमा स्वास्थ्य विभागको आग्रह

स्वास्थ्य सेवा विभागले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेको छ । डेंगु नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने भन्दै विभागले यस्तो आग्रह गरेको हो । डेंगु नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने भन्दै घरमा सरसफाइमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टे नष्ट गर्ने अभियान सुरु गर्नुपर्ने विभागको भनाइ छ । 
लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने विभागको भनाइ छ  । डेंगु रोगका सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्नेमा पनि विभागको जोड छ । पालिकाहरुमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक सामागी पठाइएको पनि विभागले जनाएको छ । करिब ८० प्रतिशत बिरामीमा डेंगी लागे पनि कुनै लक्षण नदेखिने बताइन्छ । करिब १०÷१५ प्रतिशत बिरामीमा सामान्य लक्षण मात्रै देखिने गरेको छ । डेंगुको औषधि नभएको भन्दै उनले लक्षणअनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जुनदेखि अगस्टलाई डेंगुले महामारीको रूप लिन सक्ने समय मानिन्छ । मनसुनपछिको समयमा डेङ्गु सङ्क्रमण बढ्न सुरु हुन्छ । गतवर्ष ५४ हजार सात सय ८४ जनामा डेङ्गु सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *