मुख्य समाचार

समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएको भन्दै मन्त्री सिंहको असन्तुष्टि

समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएको भन्दै मन्त्री सिंहको असन्तुष्टि

काठमाडौ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन ।  शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलसँग आज आर्थिक वर्ष ०८२–८३ का लागि कार्यसम्पादन सम्झौता गर्दै उनले अघिल्लो बर्षको कार्य सम्पादनमा असन्तुष्टि जनाएका हुन । मन्त्री सिंहले चालु आर्थिक बर्षमा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिए ।

मन्त्री सिंहले कर्मचारीहरूले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्ने बताए । पन्छने प्रवृत्तिले समयमा काम नहुने भन्दै उनले समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्नेमा जोड दिए । सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्यलक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *