मुख्य समाचार

विश्वकप फुटबलको पुरस्कार राशी समान हुनुपर्ने अस्ट्रेलियन खेलाडीको माग

विश्वकप फुटबलको पुरस्कार राशी समान हुनुपर्ने अस्ट्रेलियन खेलाडीको माग

फिफा महिला विश्वकपको सहआयोजक अस्ट्रेलियाका खेलाडीले विश्वकपको पुरस्कार राशीमा विभेद भएको भन्दै फिफाको आलोचना गरेका छन् । प्रतियोगिता सुरु हुन दुई दिन बाँकी हुँदा अस्ट्रेलियन टिमका सबै २३ महिला खेलाडीले भिडियो पोस्ट गर्दै असमान पुरस्कार राशीमा विरोध जनाएका हुन । उनीहरुको अभियानलाई अस्ट्रेलियन प्रोफेसनल प्लेयर्स युनियनले समेत साथ दिएको छ । इंग्ल्यान्ड, क्यानडा, दक्षिण अफ्रिका, नाइजेरियालगायतका महिला खेलाडीले समान पारिश्रमिक र पुरस्कारको माग गर्दै फुटबल संघविरुद्ध आन्दोलन गरिरहेका छन् । महिला र पुरुष विश्वकप जित्ने टिमले पाउने पुरस्कार राशीमा ठूलो अन्तर छ । फिफाले अझै पनि पुरुषको तुलनामा महिलालाई दिइने पुरस्कार राशी एक तिहाइ मात्र रहेको खेलाडीहरुको गुनासो छ । गत नोभेम्बर–डिसेम्बरमा कतारमा भएको पुरुष विश्वकपको पुरस्कार राशी ४ सय ४० मिलियन डलर थियो ।आगामी साउन ४ गतेदेखि सुरु हुने महिला विश्वकपको पुरस्कार राशी १ सय १० मिलियन डलर छ । जुन अघिल्लो संस्करणभन्दा तीन सय प्रतिशतले बढी हो । फिफाले सन् २०२६ र २०२७ को विश्वकपमा भने महिला पुरुष दुवैलाई समान पुरस्कार दिने योजना बनाएको जनाएको छ । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा यो पटक ३२ राष्ट्रका ७ सय ३६ खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्दैछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *