राजनीति

भारत–पाकिस्तान तनावबाट जोगिने तयारीबारे जानकारी गराउन सांसदकाे माग

भारत–पाकिस्तान तनावबाट जोगिने तयारीबारे जानकारी गराउन सांसदकाे माग

काठमाडौँ । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताए ।

नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताए ।

नेकपा एमाले सांसद सरस्वती सुब्बाले खुला सीमा लगायतका कारणले नेपालमा सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *