समाज

रेशम चौधरी पक्राउ घटनाबारे नागरिक उन्मुक्तिद्वारा निष्पक्ष छानविनको माग

रेशम चौधरी पक्राउ घटनाबारे नागरिक उन्मुक्तिद्वारा निष्पक्ष छानविनको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेकी छिन् । 

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको बताइन् ।

 यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिव पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो । उक्त पत्र लेख्ने कर्मचारी महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । श्रेष्ठले चौधरीको गिरफ्तारी संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गरेकी छिन्   ।

नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *