काठमाडौं । एभिन्युज टेलिभिजन मधेस प्रदेशका बिशेष सम्वाददाता तथा नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैद्यनाथ यादव माथि राजविराज स्थित दशन चौकमा गत बुधबार साँझ समाचार सम्प्रेषणको क्रममा भएको आक्रमणमा संलग्नमाथि पत्रकार सम्बद्ध विभिन्न संस्थाले छुट्टाछुट्टै विज्ञप्तिमार्फ कडा कारबाहीको माग गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव राम प्रसाद दाहाल , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्ति र प्रेस मंच नेपाल का काबा अध्यक्ष मनोज यादवले छुट्टाछुट्टै विज्ञप्ति मार्फत पत्रकार यादव माथि आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् ।
राजविराजमा राजगढ घटना आन्दोलनका प्रत्येक्ष प्रसारण गरिरहेको बेला एक समूहले आफुमाथी आक्रमण गरेको जानकारीसहितको निवेदन पत्रकार यादवबाट प्राप्त भएको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ,’समाचार संकलनको क्रममा संचारकर्मीमाथि हुने कुनै पनि आक्रमण प्रेस स्वतन्त्रतामाथि मात्र होइन लोकतान्त्रिक मूल्यमान्यतामाथि समेत गम्भीर आघात हो ।’
महासंघ यस घटनाको कडा शब्दमा निन्दा गर्दै सत्यतथ्य छानबिन गरि दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसंग माग गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।


