काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायीक छानविन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएको ज्यादती र धनजनको क्षति लगायतका घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने र आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई प्रति परिवार १० लाख र अन्य खर्च ५ लाख सहित १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।
बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन-जी जागरण स्मारक पार्क बनाउने निर्णय समेत गरेको छ । त्यस्तै अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।