गुल्मी । नयाँ अस्पताल निर्माणको काम समयमै सकिएको भए गुल्मी अस्पतालको नवनिर्मित भनवबाट सेवा शुुरु भइसकेको हुन्थ्यो । तर, निर्माणाधिन भवनको काममा ढिलाई हुदाँ अहिले पनि गुल्मी अस्पताल पुरानै भवनबाट गुज्रिरहेको छ ।
गुल्मी अस्पतालमा साँघुरो गल्ली र साना कोठा भएका कारण बिरामीलाई थप गाहे हुने गरेको छ । भवनको निर्माणको जिम्मा पाएको कम्पनीका मालिक इन्द्रबहादुर बाँनिया हाल बाग्मती प्रदेशका मुख्यमन्त्री बनेका छन् । उनै मुख्यमन्त्री बाँनियाले गुल्मीको अस्पताल अलपत्र पारेका छन् ।
हाल संचालन भइरहेको अस्पतालको पुरानो भवनमा छ वटा मात्रै बहिरंग ‘ओपिडी’ कक्षहरु रहेका छन् भने भिडियो एक्सरे र शल्यक्रिया गर्ने ठाउँमा चुहिएको पानीका कारण समस्या हुने गरेको छ । भवनको कुल लागत २५ करोड ६४ लाख दुई सय तीन रुपैँया १७ पैसा रहेको छ ।
पछिल्लो समय तीन पटक म्याद थप भई २०८१ पौषसम्म थप गरिएको छ ।