काठमाडौं । जेनजी आन्दोलनपछि बिहीबार पहिलो पटक बसेको कोशी प्रदेश सरकारको बैठकले कोशी प्रदेशभित्रका पाँच लाख रुपैयाँ बराबरको सम्पूर्ण योजनाहरु कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
बैठकले आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गर्दै एक लाख रुपैयाँ काजक्रिया खर्च दिने निर्णय पनि गरेको छ । त्यस्तो रकम आन्दोलनमा लागेकाहरूलाई मात्रै दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रमण भण्डारीले जानकारी दिए ।
त्यस्तै, भौतिक पूर्वाधारमा भएको क्षति को अध्ययन गर्न कार्तिक ९ गतेको सम्मको समय दिएर भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैबीच, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्नो कार्यकक्षमा नेपालको चुच्चे नक्सा राखेर काम शुुरु गरेका छन् ।
आन्दोलनका क्रममा क्षति हुनबाट बचेको भवनमा कार्यकक्ष बनाएर उनले बिहीवारबाट काम शुुरु गरेका हुन् । मुख्यमन्त्री कार्कीले अहिलेको मुख्य एजेण्डा राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकता भएको बताएका छन् ।