समाज

शिक्षण संघसंस्थाद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

शिक्षण संघसंस्थाद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

काठमाडौं । जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर २२ जनाको ज्यान गएपछि विभिन्न शिक्षण संघसंस्थाहरुले मंगलबार र बुधबार शोक बिदा दिने निर्णय गरेका छन् । 

नेपाल मन्टेश्वरी एशोशियसन (एनएमए) का अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

काठमाडौं तथा ललितपुर महानगर र जिल्लाहरुले पनि पठानपाठन बन्द गर्ने निर्णय गरेका छन् । यस्तै, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् । त्रिविको चार वर्षे स्नातक तहको मंगलबार, बुधबार र बिहीबारकोे परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि मंगलबार र बुधबार हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । काठमाडांै विश्वविद्यालयले आज पठनपाठन नहुने जनाएको छ ।


 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *