मुख्य समाचार

दशैंभर बैंक तथा वित्तीय संस्थाहरूले आलोपालो सेवा दिने

दशैंभर बैंक तथा वित्तीय संस्थाहरूले आलोपालो सेवा दिने

काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूले दशैंभर आफ्ना शाखाहरूमा आलोपालो सेवा दिने व्यवस्था मिलाएका छन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्र दिइएको छ । कृषि विकास बैंक लिमिटेडले दशैं बिदामा ३६ वटा शाखा कार्यालयहरू खुला राखेको छ । सिटिजन्स बैंक, एभरेस्ट बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक लिमिटेडले दशैं लगायतका सार्वजनिक बिदामा ४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालन गरिरहेका छन् । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंकले दशैं बिदामा १८ वटा शाखा कार्यालयहरू सञ्चालन गर्ने तालिका बनाएको छ । ती बैंकका काठमाडौं उपत्यकाभित्र ४ वटा र बाहिर १४ वटा शाखाहरू असोज १३, १४, १५ र १७ गते तोकिएको समयमा अर्थात् बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म नगद कारोबारका लागि खुला छन् । प्राइम बैंक लिमिटेडले दशैं बिदाका लागि ४१ वटा शाखा कार्यालयहरू सञ्चालन गर्नेछ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दशैं बिदामा ७ वटा शाखा कार्यालयहरू सञ्चालन गर्र्दैछ । सानिमा बैंकले दशैंको बिदामा ६३ वटा शाखा कार्यालयहरू सञ्चालन गरेको छ । सिद्धार्थ बैंकले दशैंको बिदामा ३१ वटा शाखा कार्यालयहरू सञ्चालन गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले दशैं बिदामा ११ वटा शाखा÷काउन्टरहरू सञ्चालन गर्ने तालिकाअनुसार सेवा दिइरहेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *