Siddarth bankविज्ञापन
मुख्य समाचार

कोशी प्रदेश सरकार गठनसम्वन्धी विवादमा सर्वोच्चमा आजदेखि बहस

कोशी प्रदेश सरकार गठनसम्वन्धी विवादमा सर्वोच्चमा आजदेखि बहस

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आजदेखि बहस सुरु भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमाथि गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार बहस भइरहेको हो । रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरेपछि सरकारको वैधानिकतामा बहस सुरु भएको हो । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । एमालेले निष्पक्ष रहनुपर्ने सभामुखसहितको हस्ताक्षरमा गठन गरेको सरकार असंवैधानिक रहेको भन्दै खारेज गर्न माग गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *