मुख्य समाचार

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा शनिबार भएको आत्मघाती आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन् ।  घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो । प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरण अनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएका छन् । आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर समूह अन्तर्गतको आत्मघाती हमला समूहले लिएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *