समाज

चुरे र वन विनाशका कारण मधेस मरुभूमि बन्ने खतरा अध्यक्ष यादव

चुरे र वन विनाशका कारण मधेस मरुभूमि बन्ने खतरा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे र वन विनाशका कारण मधेस मरुभूमि बन्ने खतरा रहेको चेतावनी दिएका छन्  । 

सर्लाही सदरमुकाम मलंगवामा बिहीबार पार्टी अधिवेशन उद्घाटन समारोहमा उनले जलस्रोतको धनी नेपालमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण भएको बताए । 

भूमि विधेयकमार्फत सरकारले मधेसको जल, जंगल र जमिन नष्ट गर्न खोजेको आरोप लगाउँदै उनले विधेयकलाई राष्ट्र र मधेस विरोधी भएको टिप्पणी गरे । 

अध्यक्ष यादवले सरकारले विधेयक फिर्ता नलिए मधेसी जनता चुप नबस्ने चेतावनी पनि दिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *