समाज

जेन-जी आन्दोलनमा मधेस प्रदेश सभामा ४० करोड रुपैयाँको क्षति

जेन-जी आन्दोलनमा मधेस प्रदेश सभामा ४० करोड रुपैयाँको क्षति

काठमाडौं । जेन-जी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभामा करिब चालिस करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  

आगजनीको कारणले प्रदेश सभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन् । सचिवालयको महत्वपुर्ण काजहरु समेत चलेका छन । प्रदेश सभा सचिवालयले  क्षतिको मुल्यांकन भैरहेको छ । 

कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको छ । प्रदेश सभाका कर्मचारीहरुले हिजो देखि सरसफाई तथा कार्यालयलाई पुर्ववतको अवस्थामा फर्काउने कार्यहरु गर्न थालेका छन् । 

मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरुलाई फिर्ता बनाउने पत्र प्रदेश सभा र प्रदेश प्रमुखलाई बुझाएकाले चाँडै बैठक बोलनुपर्ने अवस्था देखिएको छ । 

यस्तोमा प्रदेश सभाको कार्य संचालनलाई अगाडि बढाउनको लागि राजनितिक दलका नेताहसँग छलफल थालेका छन् ।

सचिवालयल पुनः संचलन बारे चाँडै नै पहल गरिने तयारीमा प्रदेश सभा लागेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *