समाज

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

जुम्ला । असिना सहितको वर्षातले यहाँका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्‍या एको हो ।  

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झण्डै आधा फिट असिना परेको थियो । 

वडाध्यक्ष रावतले भने, “पाकेको बाली खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।” 

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *